इन्जिनियर डे र नेपाल इन्जिनियर्स एसोसिएसन

इन्जिनियर डे र नेपाल इन्जिनियर्स एसोसिएसन

July 25, 2019

 

हरेक वर्ष नेपाल इन्जिनियर्स एसोसिएसनले श्रावन ३ र ४ गते “इन्जिनियर डे” को  भब्य तरिकाले मनाउने गरेको छ l नेपाल इन्जिनियर्स एसोसिएसन नेपाली इन्जिनियरहरूको छाता संघठन रुपमा क्रियाशील एक गैर सरकारी संस्था हो जसले इन्जिनियरहरूको आवाज उठाउदै इन्जिनियरहरूको हकहित र देशको आवश्यकता अनुसार इन्जिनियरहरूलाई परिचालित गराउने सम्मको कार्य गर्दै आएको छ l  नेपाल इन्जिनियर्स एसोसिएसन र यो सस्थांसग आवद्ध इन्जिनियरहरू २०७२ बैसाख १२ तथा २९ गतेको भूकम्प पछि कति प्रभाबकारी रुपमा देशको लागि  स्वैच्छिक ढंगले नेपाल इन्जिनियर्स एसोसिएसनको नेतृत्वमा खटीइ देशलाई सहायोग गरेको सायदै कसैले बिर्सेको होला l

यो संगठन सन् १९६२ (२०१९ श्रावन ३ ) मा स्थापित भएको थियो र आज ३०,००० भन्दा बढी नेपाली इन्जिनियरहरूको प्रतिनिधित्व यो सस्थांले गर्दछ । नेपाल इन्जिनियर्स एसोसिएशन (एनइए) समाज कल्याण ऐन, २०४९ अन्तर्गत दर्ता भएको नेपाली इन्जिनियरहरूको एक सेवामूलक संस्था हो। नेपालमा सिभिल, मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, कम्प्युटर, इन्ड्रस्ट्रियल, आर्किटेक्ट आदि पढाई हुने इन्जिनियरिंग विषय हुन l

“सम्बृद्ध नेपाल निर्माणका लागि इञ्जिनियरिंग सेवा” भन्ने नाराको साथ नेपाल इन्जिनियर्स एसोसिएसन ले ५७ औं “इन्जिनियर डे” को अवसरमा श्रावन ३ र ४ गते विभिन्न कार्यक्रमहरु आयोजना गर्ने घोषणा गरेको छ l राष्ट्रिय सभा गृहमा औपचारिक कार्यक्रम ३ गते सम्माननीय प्रधानमन्त्रि केपी वोली ज्युले उद्घाटन गर्ने कार्यक्रम रहेको छ l सोहि दिन पुर्व प्रधानमन्त्री इ. डा. वाबुराम भट्टराईको अधक्ष्यतामा ईन्जिनियरिङ् समाजलाइ देशको नीति निर्माणको तहमा कसरि जोड्न सकिन्छ भन्ने  विषयमा  विभिन्न राजनीतिक दलका युवा नेताहरु सहितको छलफलको कार्यक्रम रहेको छ l

दोस्रो दिन माननीय उर्जा जलश्रोत तथा सिचाई मन्त्रि वर्षमान पुनको अधक्ष्यतामा उर्जा जलश्रोत तथा सिचाई क्षेत्रको वारेमा सम्बन्धित क्षेत्रको विज्ञ सहित छलफल तथा दोस्रो सेसन माननीय भौतिक पूर्वाधार मन्त्रि इ. रघुबीर महासेठको अधक्ष्यतामा भौतिक निर्माण सम्बन्धि विज्ञवाट कार्यपत्र प्रस्तुती र तेस्रो सेसन संघियता कार्यन्वयन सुशासन र सूचना प्रविधि विषयमा कार्यपत्र प्रस्तुत गर्दै छलफल गर्ने तयारी नेपाल इन्जिनियर्स एसोसिएसनले गर्न लागेको जनाएको छ l इन्जिनियर डे को अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसनले वार्षिक रुपमा प्रदान गर्दै आएको निम्न पुरस्कारहरुको समेत यो वर्षको लागि घोषना गर्ने कार्यक्रम रहेको जनाएको छ l

उत्कृष्ट युवा व्यावसायिक पुरस्कार

उत्कृष्ट महिला ईन्जिनियर व्यावसायिक पुरस्कार

स्वोर्गीय इ. नवराज बिस्ट स्मृति पुरस्कार

लाइफ टाईम अचिभमेन्ट पुरस्कार

विशिष्ट Enterpreneurship पुरस्कार

ईन्जिनियर दिवसको उत्सव प्रायः अन्तर्राष्ट्रिय स्तरमा आयोजित गरिन्छ। भारत, थाइल्याण्ड, पाकिस्तान, बांग्लादेश र कोरियाका इञ्जिनियरहरू अक्सर नेपाली सहकर्मीहरूलाई बधाई दिन तथा आफ्ना अनुभव साट्न तथा उत्सव समारोहमा भाग लिन आउछन्। नेपाल ईन्जिनियर्स एसोसिएशन द्वारा आयोजित सबै कार्यक्रमहरु ईन्जिनियरिहरुको लागि खुला र नि: शुल्क रुपमा हुने गरेको देखिन्छ l यो विशेष दिन सवै ईन्जिनियरहरु आफ्नो कडा परिश्रम र दैनिकी कार्य थाति राखी  विभिन्न कार्यक्रममा सहभागी भई मनाउने गरेको पाइन्छ l

 

 

(माथि उल्लेखित लेखकका निजी विचार हुन )