नेपाली वैज्ञानिक भविन्द्र कुँवरले पूरा गरे ग्यालिलियोको अधुरो सपना

नेपाली वैज्ञानिक भविन्द्र कुँवरले पूरा गरे ग्यालिलियोको अधुरो सपना

August 8, 2019

भौतिक शास्त्रमा ‘सुवात’का ५ वटा सूत्रहरुको पठनपाठन विश्वभरि हुन्छ । अंग्रेजी वर्णहरु एस, यू, भी, ए र टीबाट ‘सुवात’ शब्द बनेको हो । यी वर्णहरुको अर्थ क्रमशः विस्थापन, शुरुको गति, अन्तिम गति, प्रवेग र समय भन्ने हुन्छ । स्कुल र कलेजका पाठ्यपुस्तकहरुमा ‘सुवात’का पाँचवटा समीकरणहरु रहेका छन् ।

‘सुवात’का पाँचवटै समीकरणले वास्तविकताभन्दा फरक परिणाम दिएको थाह पाएपछि कुँवरले ‘सुव्रत’का ५ वटा नयाँ समीकरणहरु आविष्कार गरेका थिए । अंग्रेजी एस, यू, भी, आर र टीको समग्रताबाट ‘सुव्रत’ शब्द बनेको हो । उनले आविष्कार गरेका पाँचवटै समीकरणहरु ‘सुवात’का पाँचवटै समीकरणभन्दा फरक, सही र सरल छन् । यी पाँचवटै समीकरणहरुले विस्थापन र अन्य परिमाणहरुको मात्रा जति हुनुपर्ने हो ठ्याक्कै त्यति दिन्छन् ।

पत्ता लागेका नयाँ समीकरणहरु सामान्य क्याल्कुलेटरको सहाराले सबैले सधैँभरि जाँच्न सकिने कुँवरले बताए । क्याल्कुलेटरै नभए पनि सजिलै जाँच्न सकिन्छ – खोजकर्ता कुँवरले थपे ।

विस्थापन निकाल्दा आरम्भिक गति र समयको गुणनफलमा प्रवेग र समयको गुणनफलको आधा मात्रा जोडेर कामचलाउ मान निकाल्ने गरिएको थियो । तर कुँवरले आरम्भिक गति र समयको गुणनफल निकाली सदिश दुरीका पदसंख्या, दुरी परिवर्तनको दर र समयको गुणनफलको आधा मात्रा जोडेमा वास्तविक विस्थापन आउने तथ्य पत्ता लगाएक

खोजकर्ता कुँवरले अनुसन्धानपत्रमा विस्थापनको सूत्रमा भएका अपूर्णता र छुटेका विषयहरुबारे गणितीय उदाहरणसहित स्पष्ट गरेका छन् । उनको ‘सुवातदेखि सुव्रतसम्म’ शीर्षकको अनुसन्धानपत्रमा एउटा रोचक उदाहरण दिइएको छ – पृथ्वीबाट कुनै यान सरदरमा एकनास दुरी परिवर्तनको दर ९.८ मिटर प्रतिसेकेन्ड हुने गरी अन्तरिक्षतिर गइरहेको छ र उक्त यानले मानौँ १ वर्षसम्म एकनास यात्रा गर्यो भने १ वर्षमा हुन जाने जम्मा विस्थापन कति हुन्छ ?

यस सवालमा वास्तविक विस्थापनको मात्रा ४,८७,३१,४४,७०,४९,२६,४०० मिटर हुनेछ तर ग्यालिलियोको अपूर्ण प्रयासमा आधारित सूत्रको आधारमा विस्थापनको मात्रा ४,८७,३१,४४,५५,०४,००,००० मिटर हुन जान्छ । यो नतिजा भनेको यानले पार गरेको वास्तविक दुरीभन्दा पन्ध्र करोड पैचालीस लाख छब्बीस हजार चार सय मिटरले कम हो । कुँवरले उक्त अनुसन्धानपत्रमा वास्तविक विस्थापनभन्दा पन्ध्र अर्व छ्याहत्तर करोड असी लाख मिटरले फरक हुने अर्को उदाहरण पनि दिएका छन् ।

मिलिमिटरभन्दा साना खन्डहरुको पनि एक्युरेसी खोज्ने नयाँ पुस्ताले अर्बौँ मिटर फरक हुने नतिजाहरु पनि थाहै नपाइकन एक्युरेट छ भन्दै पढ्नेपढाउने गर्दै आएको छ यो विडम्बना हो, यसले कसैलाई पनि हित गर्दैन – कुँवरले गणितीय प्रमाणसहित स्पष्ट गरे । कुँवरले थपे – सत्रौँ शताब्दी र त्यसपछिका वैज्ञानिकहरुले सर्वप्रथम यस्ता जाँचहरु गरेर मात्र भौतिक विज्ञानलाई अघि बढाउनुपर्ने थियो ।

Source from benionline.com.np